काठमाडाैं अदालतमा रविको बयान सकियो, थुनछेक बहस सुरु

काठमाडाैं अदालतमा रविको बयान सकियो, थुनछेक बहस सुरु

काठमाडौं, २८ पुस। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षको काठमाडौं जिल्ला अदालतमा बयान सकिएको छ। जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भएको लामिछानेको बयान केही बेर अघि सकिएको र अब उनको थुनछेक बहस सुरू हुने बताइएको छ । 

बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा अदालत खुल्नु अगावै नै लामिछाने बयान दिन  पुगेका गरेका थिए। अदालतले कास्की जिल्ला अदालत झै धरौटी मागेमा उनी छुट्ने छन् भने नमागे उनी अझै हिरासतमा रहने सम्भावना रहेको बताइन्छ । 

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीबार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट रिहा भएका थिए । त्यहाँबाट रिहा भए पनि शुक्रबार जिल्ला अदालत, काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी सोही दिन उपस्थित हुन सकेका थिएनन् । 

कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा अहिले अदालतमा लामिछाने प्रतिवादी बनाइएकाले बयान चलिरहेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि उनी दालतमा उपस्थित भएका थिए । 

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ बचत रकम अनियमितता गरेको अभियोग उनीमाथि छ ।