बुधबार २८ फागुन, २०८१

हुम्लामा हिमपात , हवाई उडान प्रभावित

हुम्लामा हिमपात , हवाई उडान प्रभावित

काठमाडौं, २८ पुस । हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ ।

स्थानीयका अनुसार, आज (आइतबार) बिहान ७ बजेदेखि जिल्ला सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकासहितका क्षेत्रमा हिमपात भएको हो ।

पश्चिमी वायु प्रभावसँगै हुम्लामा पनि हिमपात भएको छ । सदरमुकाम सिमकोट हिमपात भएसँगै नेपालगञ्ज र सुर्खेतबाट हुने हवाइ उडान प्रभावित भएको बताइएको छ । 

हिमपातका कारण निजी क्षेत्रका हवाई सेवा अवरुद्ध भएका छन् । नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङले उत्तरी नाम्खा गाउँपालिकाको लिमि अलि बढी हिँउ जमेको बताए । 

हिँउ जमेपछि यहाँका नागरिकहरुलाई बालीनालीमा राम्रो हुने भएको वडाध्यक्ष तामाङको भनाइ छ । यो भन्दा पहिला बढी हिउँ परेको थियो यस पटक अलि कमै हिँउ परेको उनले बताए ।