मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख, छिट्टै वार्डमा सार्ने तयारी

मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख, छिट्टै वार्डमा सार्ने तयारी

काठमाडौं, २९ पुस । स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख देखिएको छ ।  

७८ वर्षीय वैद्य श्वासप्रश्वासमा समस्या आएपछि यही पुस दोस्रो सातादेखि उपचाररत छन् ।

अस्पताल स्रोतका अनुसार, अहिले केही सुधार भइरहेकाले छिट्टै वार्डमा सार्नेबारे छलफल भइरहेको छ । अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले उनलाई अहिले भने आईसीयूमै राखिएको छ ।