मौसम पूर्वानुमान: कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान: कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २९ पुस । कोशी, बागमती र गण्डकी प्रदेश अन्तर्गत पहाडी भू–भागका एक-दुई स्थानमा सोमवार छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशका भू–भाग भने आज मुख्यतय सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाले वर्षा र हिमपातको सम्भावना रहेका ठाउँमा जाडोले जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।