काठमाडौं अदालतमा रवि लामिछानेको थुनछेक बहस सुरु

काठमाडौं अदालतमा रवि लामिछानेको थुनछेक बहस सुरु

काठमाडौं, २९ पुस । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा जोडिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ ।

रास्वपा अनुशासन आयोगका पूर्वप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार, आज बिहानदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको हो । 

पोखराको सूर्यदर्शन सहकारीको हिनामिना प्रकरणको मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार छुटेका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा आफैँ हाजिर भएका थिए ।

रविविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । यद्यपी, हिजो (आइतबार) थुनछेक बहस नसकिएपछि उनलाई पुनः प्रहरी हिरासतमै लगिएको थियो ।