फोनपे पेमेन्ट सर्भिसको साधारण सभा सम्पन्न, १०.५३ प्रतिशत नगद लाभांश पारित

फोनपे पेमेन्ट सर्भिसको साधारण सभा सम्पन्न,  १०.५३ प्रतिशत नगद लाभांश पारित

काठमाडौं, १ माघ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफानोक्सान लगायत वित्तीय विवरण पारित गरेको हो ।

ललितपुरको पुल्चोकमा २९ पुस गते सञ्चालक समिति अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न सभाले फोनपेका सेयरधनीलाई चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

साथै, आव २०८१/८२ का लागि लेखापरीक्षकको रूपमा एनबीएसएम एन्ड एसोसिएट्सलाई नै नियुक्ति गर्ने निर्णय समेत भएको बताइएको छ ।