पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो, आजै मध्यरातदेखि लागू हुने

पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो, आजै मध्यरातदेखि लागू हुने

काठमाडाैं, २ माघ । नेपाल आयल निगमले  पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर  ३/३ रुपैयाँ बढाएको हो ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको आयल निगमले जनाएको छ ।

नयाँ मूल्य सूची अनुसार, पेट्रोल प्रतिलिटर पहिलो वर्गका लागि रु. १६९.५०, दोस्रो वर्गका लागि रु.१६७.१० र तेस्रो वर्गका लागि रु. १६५.१० तोकिएको छ।

त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि रु. १६१.२०, दोस्रो वर्गका लागि रु. १५८.१० र तेस्रो वर्गका लागि रु. १५६.१० निर्धारण गरिएको छ।

नयाँ मूल्य सूची लागू हुने क्षेत्रहरूलाई तीन वर्गमा विभाजन गरिएको छ। पहिलो वर्गमा चितवन, विराटनगर, नेपालगञ्जजस्ता क्षेत्र समावेश छन्। दोस्रो वर्गमा धनगढी र सुर्खेत पर्छन् भने तेस्रो वर्गमा घट्टाबजार, पोखरा र सिमराका क्षेत्र छन्।

पेट्रोलियम पदार्थको नयाँ मूल्य २०७९ माघ २ गतेदेखि लागू हुने बताइएको छ ।  आगामी दिनमा बजारको स्थिति र मूल्यमा आउने उतारचढावलाई ध्यानमा राख्दै थप सुधारका उपाय अपनाइने आयल निगमले प्रेस विज्ञप्ति मार्फत निगम सञ्चालक समितिले जनाएको छ ।