बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं, ३ माघ । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झालाई हिरासतमा राख्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

आफू गैरकानुनी रुपमा हिरासतमा परेको भनी झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । 

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उनलाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

उनी यसअघि नै पक्राउ परेर केन्द्रीय कारागारमा रहेका छन् ।