सेनाको हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
मुगु, ३ माघ । मुगुको छायानाथ रारा नगरपालिकाबाट एक सुत्केरी आमालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । सुत्केरी आमाको पेटमा रहेको शिशुलाई सर्जरी गरेर निकाल्नपर्ने भएपछि सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
बुधबार रातिबाट सुत्केरी बेथा लागेपछि बिहीबार बिहान १० बजे जिल्ला अस्पतालमा सुत्केरी गराउन पुगेकी छायाँनाथ रारा नगरपालिका–१३ लुमा गाँउकी २५ वर्षीया ठुमा खड्कालाई जिल्लामा सुत्केरी गराउन नसकिने भएपछि सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
जिल्ला अस्पताल ठिनी मुगुमा आईसियु कक्षाको व्यवस्था नभएका कारण सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरेर कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा लगिएको छ । जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीका अनुसार उद्धार गरिएकी महिलाको दुई वर्षअघि पनि सर्जरी गरेर बच्चा निकालिएको थियो ।