गार्डियन माइक्रो लाइफको आइपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

गार्डियन माइक्रो लाइफको आइपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं, ६ माघ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय, नागपोखरी, काठमाडौँमा आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले पुस २१ गतदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन तथा बिक्री गरेको थियो। सो आईपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए।

कुल आवेदनमध्ये १८ लाख २२ हजार ४०५ आवेदन स्वीकृत भएको छ भने ८ हजार ४५२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

यो आइपीओ अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आइपीओ नतिजा सीडीएससीको iporesult.cdsc.com.np, ‘मेरो शेयर’ वा धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइटमा हेर्न सकिन्छ।