हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरमा ८ प्रतिशत छुट
काठमाडौं, ८ माघ । हिमालयन बैंक लिमिटेड र बुद्ध एयर बीच बैंकका ग्राहकहरूलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाइ टिकटहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ।
बैंक र बुद्ध एयरबीच भएको उक्त सम्झौता अनुसार बुद्ध एयरले बैंकका ग्राहकहरुलाई हवाइ टिकटहरुमा ८ प्रतिशतसम्म छुट प्रदान गर्नेछ।
हिमालयन बैंकका कार्डवाहक तथा ग्राहकवर्गहरूले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकले बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन्।
बैंकका कार्डवाहक तथा ग्राहकवर्गहरूले अन्य स्थानहरूमा प्राप्त गर्न सक्ने छुटहरुका बारेमा जानकारीका लागि लिंक मा हेर्न सकिने छ।