रवि लामिछाने भैरहवा पुगे, अदालतमा उपस्थित हुने

रवि लामिछाने भैरहवा पुगे, अदालतमा उपस्थित हुने

काठमाडौं, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवा पुगेका हुन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालत हाजिर हुन पूर्वगृहमन्त्री समेत रहेका लामिछाने मंगलबार भैरहवा गएका हुन् । बुद्ध एयरको विमानमार्फत दिउँसो उनी भैरहवा पुगेका हुन् ।

भैरहवास्थित होटल मेरि गोल्डमा लामिछानेले पार्टीका कार्यकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी भैरहवाको देवकोटा चोकस्थित मेरिगोल्ड होटलमा बास बस्ने रास्वपा रुपन्देहीका अध्यक्ष डा.बुद्धि प्रसाद शर्माले जानकारी दिए ।

रास्वपा स्रोतका अनुसार भोलि (बुधबार) उनी अदालत उपस्थित हुनेछन् । लामिछाने भोलि बुधबार आफैं अदालतमा उपस्थित हुने  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रञ्जीतसिंह राठौरले बताए ।