विराट एक्स्पो- २०२५ मा डिजिटल तथा व्यावसायीक विकास सेवा पेभिलियन
विराटनगर, ८ माघ । विराट एक्स्पो–२०२५ मा आईटी तथा डिजिटल प्रविधिको क्षेत्रमा नेपालमा उपलब्ध प्रविधि, प्रोसेस, पूर्वाधार, उपकरण तथा पद्धतीहरु समेटिएको पेभिलियन रहने भएको छ । डिजिटल तथा विडियस यो पेभिलियनले डिजिटल तथा व्यावसायिक विकास सेवाहरू प्रदान गर्नेछ ।
यो पेभिलियनमा स्मार्ट फ्याक्ट्री वा कार्यालयको झलक दिने गरी कार्यालयमा आवश्यक आईटी सेवाको सम्पूर्ण इकोसिष्टम प्रर्दशन गरी जानकारी उपलब्ध गराइने छ । त्यसैगरी, आर्टिफिसियल इन्टेलिजेन्स लगायत डिजिटल सेवाहरू र यसका बारेमा जानकारीमूलक स्टलले यो पेभिलियनको थप आकर्षण बढ्ने आयोजक उद्योग संगठनको विश्वास छ ।
यस पेभिलियनको दोश्रो खण्डमा बैंक तथा वित्तीय संस्था एवं फण्ड म्यानेजमेन्ट कम्पनीहरू, बिमा, परामर्शदाताहरू, सरकारका औद्यौगिक विकासका उपलब्ध सेवाहरू तथा प्रकृयाहरू, शैक्षिक स्वास्थ्य तथा अन्य क्षेत्रका बारेमा सूचना सेवाहरू एक्स्पोमा समावेश गरिएको छ ।
विशेष गरेर लघु, घरेलु तथा साना उद्योगहरूलाई डिजिटल प्रविधिका बारेमा सचेतना, यसको उपयोगिताका बारेमा यस पेभिलियनमा उद्योग व्यवसायमा डिजिटल प्रविधिको प्रयोग सम्बन्धीका सूचना सामग्रीहरू मार्फत प्रवर्द्धन गरिने छ । माघ दोस्रो सातादेखि डिग्री कलेजको मैदानमा विराट एक्स्पो २५ आयोजना हुँदै छ ।