चितवन महोत्सवमा 'स्काईवेल' लाई 'बेस्ट स्टल' अवार्ड, ५ वटा प्रिमियम ईटी५ ईभी बिक्री
मुग्लिन, ११ माघ । पन्ध्रौँ संस्करणको चितवन महोत्सव सम्पन्न भएको छ । चितवन उद्योग वाणिज्य संघको आयोजनामा नारायणी नदी किनारमा आयोजित महोत्सव पाँच लाख बढीले अवलोकन गरेका आयोजकले बताएको छ ।
महोत्सवमा स्काईवेलका ५ प्रीमियम ईभी बिक्री भएको छ । साथै, जि मोटर्स स्काईवेलले अटो तर्फको बेस्ट स्टल अवार्ड पाएको छ ।
जि मोटर्सका स्काईवेलका विद्युतीय सवारीको आधिकारीक वितरकले मेलाबाट स्काईवेलको १.१५ करोड माथिको रेन्ज ६२० किमी दिने प्रीमियम इभी ईटी ५ महोत्सवबाट ५ वटा डेलिभरी भएको जानकारी दिएको छ ।
सबै बुकिङलाई जि मोटर्सका बिजनेस हेड युग प्रसाद रिमालले स्काईवेलको प्रीमियम ईभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए ।
महोत्सवमा जि मोटर्स स्काईवेलु अटो तर्फको बेस्ट स्टल अवार्ड समेत प्राप्त गर्न सफल भएको छ ।
महोत्सव मूल समितिका संयोजक सुमनकुमार श्रेष्ठका अनुसार महोत्सवमा ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । महोत्सवमा रोजगार मेला, ‘हार्डवयर्स एक्स्पो’, मह परिसर, अटो परिसर, रेष्टुराँ परिसर, फनपार्क, चाइना एक्स्पो, लघु, घरेलु परिसर, कृषि परिसरलगायत चार सय ३० स्टल थिए ।
महोत्सव उद्योग व्यवसायको प्रवद्र्धन, कला, साहित्य र संस्कृतिको संरक्षण, आदिवासी जनजातिको परम्परा, रीतिरिवाज र वेशभूषाको जगेर्नाका साथै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा सूचना प्रविधि र पूर्वाधारलगायतका क्षेत्रको विकासका सम्भावनाको उजागर गर्न उपयोगी भएको संयोजक श्रेष्ठले बताए ।
महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाको उपस्थितिमा समापन भएको हो । मुख्यमन्त्री लामाले व्यवसायमैत्री वातावरण बनाउन प्रदेश सरकार क्रियाशील रहेको बताए ।
चितवन महोत्सबमा स्काईवेलका ५ प्रीमियम ईभी बिक्री
‘चितवन महोत्सव २०८१’ मा जि मोटर्स प्रा.लि., स्काईवेलका विद्युतिय सवारी साधनको आधिकारिक वितरकले व्यापार मेलाबाट स्काईवेलको १.१५ करोड माथिको, नेपालकै सर्वाधिक रेन्ज ६२० किमी दिने प्रीमियम इभी ‘ईटी ५’ महोत्सवबाट ५ वटा डेलिभरी गरेको छ।
सबै बुकिङलाई जि मोटर्स प्रा. लि.का बिजनेस हेड युग प्रसाद रिमालले स्काईवेलको प्रीमियम इभी डेलिभरी गरेको कम्पनिका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए ।
‘चितवन महोत्सव २०८१’ मा ‘जि मोटर्स स्काईवेल’ ले अटो तर्फको बेस्ट स्टल अवार्ड पनि प्राप्त गरेको छ। “यो माया एवं ग्राहक सद्भावले हामी उत्साहित भएका छौं। छिट्टै हाम्रा ग्राहकहरूको सुविधालाई ध्यान दिई सेल्स शोरुम तथा सर्विसको पूर्ण सुविधा उपलब्ध गराउने प्रतिबद्धता गर्दछौं।यस महोत्सवको अवसर प्रदान गरी व्यवसाय प्रवर्द्धन गर्ने अवसर दिएकोमा उद्योग वाणिज्य संघ चितवन’ एवं सम्पूर्ण कार्यकारीप्रति हार्दिक आभार व्यक्त गर्दछु,” प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले धन्यवाद ज्ञापन गरेका छन् ।
चितवन महोत्सव २०८१ मा उपलब्ध इभीमा स्काईवेलकै प्रीमियम र लङ रेन्ज रोज्नुको कारण भनेको नेपालको बाटोमा १९७ एमएम ग्राउन्ड किल्यरेन्स, सबैभन्दा बढी रेन्ज दिने, धेरै सुविधा सम्पन्न जिप इभीमै प्राप्त हुने र युरोपियन बजारमा अब्बल बिक्री भएको गुणस्तरयुक्त सवारी रहेको हो।
यस कारण चितवनका ग्राहकहरूले स्काईवेल रोजेकोमा जि मोटर्स प्रा. लि.का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले हार्दिक कृतज्ञता एवं धन्यवाद व्यक्त गरेका छन् ।
आगामी दिनमा जि मोटर्स प्रा. लि.ले चितवन क्षेत्रको बजारलाई मुख्य बजारको रूपमा लिएर अगाडि बढ्ने, एकदम छिट्टै सेल्स, शोरुम, सर्विस र पार्ट्स चितवनका ग्राहकलाई सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, बिक्री गरिएको १५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको यस प्रीमियम इभीले नेपाली बजार तथा ग्राहकमा सकारात्मक प्रभाव प्रदान गर्नेमा आफु विश्वस्त रहेको जनाइएको छ।
हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका ईटी ५–६२० किमी प्रीमियम विद्युतिय एसयूभी बिक्री–वितरण भइसकेका छन् भने चितवन महोत्सवमा ५ भन्दा बढी बुकिङ रहेका छन्।
ईटी ५, बीई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रीमियम एसयूभी बिक्रीका लागि उपलब्ध छन्।
