प्रचण्डद्वारा पाण्डवेश्वर मन्दिरको अवलोकन
![प्रचण्डद्वारा पाण्डवेश्वर मन्दिरको अवलोकन](https://snowberry.prixacdn.net/media/gallery_folder/parchanda2025-01-25-09-30-54_W7ZMrxs5Ml_okeejll8rsyebwkiorevjgndkb1uplfuyoflnblezoolovcdlygespxi9nk2_bSq4tAcbpu_uk9pf3e8pxsac4cu7clovevyvof5sazliezgq89vynexvptmgr81edbfyojd.jpeg)
तुलसीपुर, १२ माघ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छन् ।
उनले आज बिहान घोराही उपमहानगरपालिका–५ स्थित मन्दिर र धारपानी क्षेत्रको अवलोकन गरेका हुन् । तीन सय वर्ष पुरानो यस मन्दिरमा विश्वकै अग्लो त्रिशुल रहेको दाबी गरिँदै आएको छ ।
सोही क्रममा उनले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले मन्दिरको बारेमा जानकारी गराएका थिए । साथै सोही क्रममा उनले स्थानीयसँग भेटघाट समेत गरेका छन् ।