बिहीबार ०१ फागुन, २०८१

आजदेखि बिराटनगरमा विराट एक्स्पो सुरू

आजदेखि बिराटनगरमा विराट एक्स्पो सुरू

काठमाडौं, १२ माघ । कोशी प्रदेशको आर्थिक तथा औद्योगिक विकासलाई गति दिन उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्स्पो २०२५ आजदेखि सुरु भएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो विराटनगरस्थित डिग्री क्याम्पसको खाली मैदानमा यस एक्स्पोको उद्घाटन गरेका हुन् ।

यो एक्स्पो माघ २० गतेसम्म सञ्चालन हुनेछ। यसमा प्रदेशका उपभोक्ता, उत्पादक र बिक्रेताबीच प्रत्यक्ष सम्पर्क कायम हुनेछ। यसले औद्योगिक तथा कृषि उत्पादन र पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।

आयोजक पक्षले यस एक्स्पोले क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, कृषि, उद्योग, बैंकिङ तथा रोजगारीका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र आर्थिक गतिविधिलाई थप गतिशील बनाउने बताएको छ। यसले स्थानीय उद्योग र व्यापारलाई प्रोत्साहन दिने र नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।

विराट एक्स्पोले क्षेत्रीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने र स्थानीय उत्पादनलाई बजारसम्म पुग्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।