‘फास्ट ट्रयाक’ बाट अध्यादेश पारित गर्ने सरकारको निर्णय
काठमाडौँ, १५ माघ । सरकारले ल्याएको अध्यादेशहरु संसदबाट फास्ट ट्रयाकबाट पारित गरिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशलाई छिटो कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
जसअनुसार अध्यादेशहरु कार्यान्वयनका लागि फास्ट ट्रयाकबाट पारित गरेर आवश्यक नियमावलीहरु बनाउने निर्णय भएको उनको भनाइ छ ।
उनले भने, ‘हिउँदे अधिवेशन माघ १८ गते शुरु हुँदैछ । यो हिउँदे अधिवेशनबाट राष्ट्रपतिबाट पारित भएका अध्यादेशहरुलाई संसदमा फास्ट ट्र्याकबाट पास गर्ने काम हुन्छ । ती अध्यादेशहरु कार्यान्वयनका लागि नियमावलीहरु तदारुकताका साथ बनाउने निर्णय गरेका छौं । अध्यादेश कार्यान्वयनमा जान्छ ।’