‘एक्टर: टेक वन’ को रिलिज रोक्न काठमाडौं जिल्ला अदालतको आदेश

‘एक्टर: टेक वन’ को रिलिज रोक्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं, १५ माघ । काठमाडौं जिल्ला अदालतले भोलिबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘एक्टरस् टेक वन’ को प्रदर्शन रोक्न आदेश दिएको छ ।

फिल्म ‘एक्टर’का निर्माताले ‘एक्टर: टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा दिएको रिटमाथि सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले अन्तरकालिन आदेश जारी गर्दै छलफलका लागि डाकेको छ ।

चलचित्रको रिलिज रोक्न माग गर्दै चलचित्र विकास बोर्डसमेतलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो । रिट निवेदक सम्राट थापाले आफ्नो चलचित्रको नाम र कथावस्तु चोरिएको आरोप लगाएका छन् ।

राजन भुसालद्वारा निर्देशित यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् ।

यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।