रास्वपा संसदीय दलको बैठक जारी

रास्वपा संसदीय दलको बैठक जारी

काठमाडौँ,  माघ १६ गते ।  सङ्घीय संसद्को यही माघ १८ गतेदेखि सुरुहुने हिउँदे अधिवेशनमा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उठान गर्ने विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी  छ ।

दलका सचेतक निशा डाँगीले बैठकमा  सङ्घीय संसद्को हिउँदे अधिवेशनमा रास्वपाको भूमिका, कार्ययोजना र प्राथमिकताबारे छलफल भइरहेको बताइन्।

गत आइतबार बसेको रास्वपा सचिवालय बैठकले सरकारले ल्याएको पाँच अध्यादेशमाथि आफ्ना सांसदले गुण–दोषका आधारमा धारणा राख्ने निर्णय गरेको  थियो । रासस