मार्जिन कारोबारका लागि १६ वाणिज्य बैंकसहित १०२ कम्पनी योग्य

मार्जिन कारोबारका लागि १६ वाणिज्य बैंकसहित १०२ कम्पनी योग्य

काठमाडौं, १६ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार योग्य १०२ कम्पनीको सूची सार्वजनिक गरेको छ । नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो ।

नेप्सेमा सूचीकृत ३२५ भन्दा बढी कम्पनीमध्ये १०२ वटा कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ ।

मार्जिन कारोबारयोग्य कम्पनीहरूमा १६ वटा वाणिज्य बैंक मात्रै परेका छन् । यस्तै, ६ वटा विकास बैंक, एक फाइनान्स कम्पनी, ३३ लघुवित्त वित्तीय संस्था परेका छन् । यस्तै, यस सूचीमा ९ ।जीवन बीमा, ९ निर्जीवन बीमा र एक पुनर्बीमा कम्पनी परेका छन् ।

नेप्सेका अनुसार लगानी समूहका ४ कम्पनी, उत्पादन समूहका ३ कम्पनी, जलविद्युत समूहका १५ कम्पनी, होटल समूहका २ कम्पनी, र अन्य समूहबाट एक कम्पनी मार्जिन कारोबारयोग्य सूचीमा छन् ।