गुडविल फाइनान्सको सहकार्यमा इसेवाले ल्यायो २ लाखसम्मको इजीलोन

गुडविल फाइनान्सको सहकार्यमा इसेवाले ल्यायो २ लाखसम्मको इजीलोन

काठमाडौँ, १७ माघ । इसेवाले गुडविल फाइनान्स लिमिटेडको सहकार्यमा एजेन्टहरुलाई अब रु ३० हजारदेखि २ लाखसम्म इजी लोन प्रदान गर्ने भएको छ ।

इजीलोन सुविधाका साथ इसेवाले वित्तीय प्रविधिको क्षेत्रमा भित्र्याएको नयाँ आयामले अर्को दिशा पाएको कम्पनीले बताएको छ ।

साना तथा मझौला व्यवसायीहरूको आर्थिक आवश्यकतालाई मध्य नजर गर्दै इसेवाले इजीलोनको सुरुवात गरेकोमा अबको यो कदमले एजेन्टहरुलाई झन धेरै सहज बनाउने इसेवाका वित्तीय सेवाका हेम घिमिरेले बताए ।

व्यक्तिगत आवश्यकता पूर्ति गर्न होस् वा आफ्नो व्यवसाय विस्तार गर्न यस इजीलोनले मर्चेन्टहरुको जिवनलाई थप सहज र धेरै हद सम्म तनाव मुक्त बनाउने उनको भनाइ रहेको छ । इजीलोन छिटो, भरपर्दो, सुरक्षित र पारदर्शी भएको र आवेदन प्रक्रिया निकै सहज हुनुको साथै इजीलोन एजेन्टहरूको व्यावसायिक सफलताको लागि तयार पारेका उनले बताए ।