सेयर मूल्य हालसम्मकै उच्च भएका यी १२ कम्पनी
काठमाडौं, १८ माघ । गत साउनयता सेयर बजार उतारचढाव हुँदै हाल २६५७ अंकमा कायम भएको छ ।
पछिल्ला केही साता सेयर बजारको उतारचढाव कम देखिए पनि एक दर्जन कम्पनीले भने नयाँ रेकर्ड बनाउन सफल भएका छन् ।
सेयर बजारमा सूचीकृत १२ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि कम्पनीले दिएको हकप्रद तथा बोनस सेयर समायोजनलाई पनि आधार मान्दा यी १२ कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेका हुन् ।
यसरी उच्च मूल्यमा पुगेका कम्पनीमा अधिकांश हाइड्रोपावर क्षेत्रका रहेका छन् । हालसम्मकै उच्च मूल्य बनाएका कम्पनीमा ७ हाइड्रोपावर, ३ विकास बैंक, १ लगानी र १ लघुवित्त कम्पनी रहेका छन् ।