संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सभामुखलाई भेट्न उनकै कार्यकक्ष पुगे रवि

काठमाडौँ, १८ माघ । संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि निलम्बित सांसद् तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरवारस्थित उनको कार्यकक्षमा पुगेका छन् ।
भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको छ ।