पाथिभरा केवलकार विवाद समाधानका लागि वार्ता समिति बनाइने
_7XGb7ttu0e_nrwnemthomaodjbqz2agkgyc8nmx10bi2onu2q0ywbm6fkf1b8nlncuotjqy_R1F1aG4FAj_l6pcessywtgrdi0nbvvzyzh96svop9nrc61syijz7sr7exhluftxqcmcfkpz.jpg)
काठमाडौं, १८ माघ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पाथिभरा केवलकारको विषयमा देखिएको समस्याबारे वार्ता समिति बनाएर टुङ्गाइने बताएका छन् ।
शुक्रबार बसेको नेपाली काङ्ग्रेस संसदीय दलको बैठकपश्चात पाथिभराको केवलकारको विवादको विषयमा प्रश्नहरु उठेको भन्दै त्यसको लागि गृहमन्त्रीले वार्ता समिति बनाएर सकारात्मक तरिकाले टुङ्गाउन पहल गर्न निर्देशन दिइसकेको जानकारी गराएको बताए ।
उनले भने, ‘बैठकमा पाथिभराको केवलकारको विषयमा भइरहेको विवादका विषयमा पनि प्रश्न उठाउनु भयो र गृहमन्त्रीले यो विषय संसदीय व्यवस्था मामिला मन्त्रालय अन्तरगत पर्ने हुनाले मामिला मन्त्रालयको सचिवलाई बोलाएर वार्ता समिति बनाएर यसलाई सकारात्मक तरिकाले टुङ्गाउन पहल गर्न निर्देशन दिइसकेको जानकारी गराउनु भएको छ ।’
यसको साथै, उनले बैठकमा आगामी निर्वाचन स्थानीय निर्वाचनभन्दा अगाडि आम निर्वाचन गर्नको लागि व्यवस्था मिलाउन र अध्यादेशको बारेमा कुराहरु उठेको पनि बताए ।