यस्तो छ राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची
काठमाडौँ, २० माघ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संघीय संसद् भवनमा बैठक बस्नेछ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले तिलगंंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।