मेटलाइफद्वारा चिसोबाट प्रभावित समुदायलाई मद्दत गर्न फरवार्ड नेपाललाई सहयोग

मेटलाइफद्वारा चिसोबाट प्रभावित समुदायलाई मद्दत गर्न फरवार्ड नेपाललाई सहयोग

काठमाडौँ, २० माघ । मेटलाइफले सुनसरी जिल्लाका पिछडिएका समुदायहरूलाई न्यानो कपडा वितरण गर्न ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) लाई आर्थिक सहयोग गरेको छ । 

पुस र माघ महिनामा अत्यधिक चिसोको सामना गर्ने दुहवी नगरपालिका, बर्जु गाउँपालिका, गढी गाउँपालिका र इनरुवा नगरपालिकाका दलित तथा मुसहर समुदायलाई अत्यावश्यक राहत प्रदान गर्ने यस पहलको उद्देश्य रहेको छ ।

यस कार्यक्रमले १ हजार ज्येष्ठ नागरिक र ५०० विधवाहरूलाई ५ लाख रुपैयाँको सहयोगमा न्यानो कपडा उपलब्ध गराउने लक्ष्य राखेको छ ।