अस्ट्रेलियामा व्यापार सहजीकरणका लागि चेम्बरद्वारा प्रतिनिधि चयन
काठमाडौँ, २० माघ । नेपाल चेम्बर अफ कमर्सले अस्ट्रेलियामा व्यापार सहजीकरणका लागि प्रतिनिधि चयन गरेको छ । चेम्बरले एनआरएन आईसीसी अनररी काउन्सिल सदस्य एवं व्यवसायी सञ्जीव शर्मालाई चयन गरेको हो ।
चेम्बर अफ कमर्स सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले अस्ट्रेलियामा आयोजित एक समारोहबीच नवनियुक्त प्रतिनिधि शर्मालाई चेम्बर अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र हस्ताक्षर गरे ।
नेपाल र अस्ट्रेलियाबीच व्यापार प्रवर्द्धन, पर्यटन एवं लगानीबारे सहकार्य गर्न शर्मालाई चयन गरिएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । शर्माले नेपालमा लगानी भित्र्याउन एवं व्यापार सहजीकरणका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।