हवाई सेवा र उड्ययन प्राधिकरणसम्बन्धी विधेयक संसद्‌मा दर्ता

हवाई सेवा र उड्ययन प्राधिकरणसम्बन्धी विधेयक संसद्‌मा दर्ता

काठमाडौं, २० माघ । संघीय संसद्मा हवाई सेवा र नागरिक उड्ययन प्राधिकरणसम्बन्धी छुट्टाछुट्टै विधेयक दर्ता गरिएको छ । 

नेपाल नागरिक उड्ययन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक–२०८१ र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१ आइतबार संघीय संसद् सचिवालयमा दर्ता गरिएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रिप्रसाद पाण्डेले दुईवटै विधेयक संसद्‌मा दर्ता गराएका हुन् । 

मन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नियामक र सेवा प्रदायकसम्बन्धी दुवै प्रकारका कार्यहरू सम्पादन हुँदै आइरहेकोमा त्यसलाई फरक बनाउनका लागि उक्त विधेयक ल्याइएको विधेयक ल्याउनको उद्देश्यमा किटान गरेका छन् ।