पाथिभरा केबलकार विवाद: कोशीमा कस्तो छ बन्दको प्रभाव ?

पाथिभरा केबलकार विवाद:  कोशीमा कस्तो छ बन्दको प्रभाव ?

इटहरी, २० माघ ।  केबलकार खारेजी संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण संथाका साथै विभिन्न राजनीतिक दहरुको आह्वानमा भएको बन्दको प्रभाब कोशी प्रदेशमा देखिएको छ । आइतबार र सोमबार घोषणा गरिएको बन्दको प्रभावका कारण जनजीवन समेत प्रभावित बनेको छ ।

बन्दले खारगरि यातायातका क्षेत्रमा प्रभाव परेको देखिन्छ । संघर्ष समितिका आन्दोलनकारीहरु सडकमा निस्कीएर केवलकार चाहिँदैन, मुकुलुङको संरक्षण गर, सरकारी दमन अन्य गर लगाएतका नारा लगाइरहेका छन् ।

केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त संघर्ष समिति, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समिति लगायत संघसंस्था आन्देलनमा उत्रिएका हुन् ।

जसअनुसार सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभामा आज र भोली बन्दको घोषणा   गरिएको हो । त्यसपछि पनि मागको संबोधन नभए अनिस्चितकालिन लिम्बुवान आमहड्तालको समेत घोषणा गरिएको छ ।

यता कोशी प्रदेश प्रहरी कार्यालयले भने अप्रिय घटना नहोस् भन्ने हेतुका साथ सुरक्षाकर्मी तैनाथ परिएको अबस्था रहेको जनाएको छ । कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरिक्षक भीम बहादुर दाहालले सबै स्थानमा सुरक्षा तैनाथी बढाइएको बताए ।

प्रहरीका अनुसार कोशी प्रदेशको पश्चिमी जिल्ला उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुतर्फ यातायात संचालन भए पनि कोशी प्रदेशका पूर्वी जिल्लाहरुमा सवारी संचालनमा अबरोध भइरहेको अबस्था रहेको छ । जहाँ प्रहरीले सहजीकरण गरिरहेको अबस्था छ ।

यता केबलकार खारेजी समितिका संयोजक खगेन्द्र फेम्बू केबलकार बनाउँदा स्थानीय संस्कृति सभ्यता र वातावरण विनाश हुने बताउँछन् । ‘नेपालको संविधान अनुसार जसरी त्यहाँ काम भइरहेको छ । यसले उग्ररुप लियो भने राज्य आन्दोलन त हुन्छ नै’ उनले भने । पाथिभरामा केवलकार कुनै हालतमा बन्न दिइँदैन ।’

पाथिभरा केबलकार कम्पनीले निर्माण प्रक्रिया सुरु गरेदेखि नै धार्मिक सम्पदालाई व्यापारिक केन्द्र बनाउन नहुने पक्षमा विरोध हुँदै आएको र केबलकार बनाउँदा स्थानीय संस्कृति, सभ्यता र वातावरण विनाश हुने उनले बताए ।