मोरङ्गमा मौलिक भान्छा घरको नयाँ शाखा सञ्चालनमा

मोरङ्गमा मौलिक भान्छा घरको नयाँ शाखा सञ्चालनमा

काठमाडौं, २० माघ । काठमाडौँको कपनस्थित मौलिक बजार तथा मौलिक भान्छाघरले कोशी प्रदेशको मोरङ्गमा आफ्नो सेवा विस्तार  गरेको छ ।

मौलिक बजार सोमबारे जाऔं, मौलिक भान्छामा रमाऔं, ७ प्रदेशको परिकार खाऔं, ७५३ गाउँको उत्पादन लैजाऔं भन्ने स्लोगनसहित मौलिक भान्छा घरले मोरङ्गमा नयाँ शाखा विसतार गरेको हो ।

मौलिक भान्छा घरले नेपाली मौलिक स्वादलाई जगेर्ना गर्दै ग्राहकहरूलाई स्वच्छ, स्वस्थ, र परम्परागत परिकार प्रदान गर्दै आइरहेको छ । यस्तै, मोरङ्गमा नयाँ शाखा विस्तारले स्थानीय कृषक, उत्पादक, र सेवा प्रदायकलाई समेत प्रत्यक्ष रूपमा फाइदा पुर्याउने मौलिक भान्छा घरले विश्वास लिएको छ ।

मौलीक भान्छा घरमा कोदो, फापर, जौ, मकैको मःम, चाउमिन, थुक्पा, थेन्दुक, पिज्जा, कुकिज र केक लगाएतका विशेष परिकारहरु पाइन्छन् । यसका साथै, प्रदेश स्तरीय परिकारहरुमा कोशी प्रदेश (किनेमा, याङवने र भक्का), मधशे प्रदेश (बगिया, तरुवा), बागमती प्रदेश (योमरी र बारा), गण्डकी प्रदेश (जेठोबुढो चामलको खिर, सेलरोटी), लुम्बिनी प्रदेश (खिचडि र ढिकृ), कर्णाली प्रदेश (मार्सि खाना सेट, बटुक) र सुदुर पश्चिम प्रदेश (माडा र तले रोटी) पाइन्छ ।