बुधबार २३ माघ, २०८१

एकै दिन २२ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

एकै दिन २२ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, २३ माघ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार २ सय रूपैयाँले बढेको हो ।

आज सुन तोलाको १ लाख ६६ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ४५ रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।