टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी पूजा महतो, जितिन स्कुटर
![टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी पूजा महतो, जितिन स्कुटर](https://snowberry.prixacdn.net/media/gallery_folder/puja-mahato_TTgzhUDf9n_sabhtrxojsas4wbl1irn3x4mxqnritteazsdpmr9ngbucb2bihxdasyhamsh_Qc81P8fU6h_rpxtzedrnwganv7e8wdrtqi0mlvwgs11elgydbcx2g1j4q3jbpww8yd5mhmo.png)
काठमाडौं, २५ माघ । नेपाली क्रिकेट टिमकी अलराउण्डर पुजा महतो काठमाडौंमा सम्पन्न महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन् ।
प्रतियोगितामान जितविहीन रहेपनि नेपालका लागि अलराउण्ड प्रदर्शन गरेकी पुजाले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै स्कुटर जितेकी हुन् । उनले प्रतियोगिताभर ६ खेलमा एक अर्धशतकसहित १३४ रन बनाइन् भने ३ विकेट पनि लिइन्।
प्रतियोगिताको उत्कृष्ट खेलाडी भने थाइल्याण्डकी थिपाथ्चा पुथावोङ घोषित भइन् । यस शृंखलाको उपाधि थाइल्याण्डले जितेको छ ।