आजको मौसम : यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना
![आजको मौसम : यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/himpat-khaptad_PtOdhUTGZY_otbvt1o9zbrnpn3pens7vgnscrcsm9dm9py4g08dvyxai1eeaqal13qc3tzc_ykZ68MoOFe_hjnkyu2nwmq1xw5vzyy7u5qzmw0t4vhtveedv1ffrqqkfknvqlnwmrnxup5b.jpg)
काठमाडौँ, २६ माघ । पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ ।
आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अन्य भूभागमा भने मौसम सफा रहने छ ।
बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।