खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा
![खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/khanepani-0822025043634-1000x0_GzAZAL6XdS_k0qngrxjqynjlatxex3k0w19cdb5nqvjeehgtjinaxnldjsd2kyuxw3ykch5_CcBAjOhmrT_xd91fns5voakrrfgtmgoc0ast0jisd1k9khldirrmk9ip0ncmyfj1xilg0uk.jpg)
काठमाडौँ, २६ माघ । खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको छ ।
शनिबार बिहान अकास्मात् मन्त्रीको कार्यकक्षमा आगो लागेको थियो । आगो लाग्ने बित्तिकै थाहा भएका कारण प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
अहिले आगो नियन्त्रणमा आइसकेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिए।
'खानेपानी मन्त्रीज्यूकै कार्यकक्षमा आगलागी भएको छ। अहिले आगो नियन्त्रण भइसक्यो । केही कागजातहरू पनि जलेको देखिएको छ,' उनले भने ।
घटना शंकास्पद रहेकाले मन्त्रालयका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको एसपी बोहराले जानकारी दिए ।