थारू महिला समाज नेपालको केन्द्रीय अध्यक्षमा अनिता चौधरी
![थारू महिला समाज नेपालको केन्द्रीय अध्यक्षमा अनिता चौधरी](https://snowberry.prixacdn.net/media/gallery_folder/Tharu-mahila-samaj-nepal-Anita-Chaudhary-1024x524_wczpRI0Nif_hmplaayhz12hbshpxmir78pmizabvajwah5luizeijgdhxy9eqylck06vxqk_29pIIUwWk2_c4ng0zhbend58vzuunekopr8vjuj5gna0n7takk6yfrytbtoc7vabtzsmhvx.jpg)
काठमाडौँ, २७ माघ । अनिता चौधरीको अध्यक्षतामा थारू महिला समाज नेपालको केन्द्रीय समिति गठन भएको छ । समाजको छैटौँ राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएकी हुन् ।
समाजको उपाध्यक्षमा इन्दु चौधरी, महासचिवमा मायाकुमारी चौधरी, सचिवमा सरला चौधरी र कोषाध्यक्षमा चिन्तामणि चौधरी निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यमा बन्दना चौधरी, सुशीला चौधरी, सीता चौधरी, सविता चौधरी, शशीकुमारी चौधरी, बबिता चौधरी, पिंकीकुमारी चौधरी र सुशिलाकुमारी चौधरी रहेका छन् ।
थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारू महिलाहरू अब थप सशक्तिकरणमा जोड दिँदै नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
थारू भाषा साहित्य केन्द्रका अध्यक्ष (भाषाविद्) भुलाई चौधरीले थारू समुदायले आफ्ना पहिचानका रूपमा रहेको भाषा, संस्कृतिलाई संरक्षण गर्दै जानुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा थारू समाजलाइ समाजलाई स्थापनाकालदेखि नै सल्लाह र सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो ।