डोटीमा आगलागी हुँदा दुई लाख ५० हजार बराबरको क्षति
![डोटीमा आगलागी हुँदा दुई लाख ५० हजार बराबरको क्षति](https://snowberry.prixacdn.net/media/gallery_folder/Fire_dN9QF0f7S3_alh0mzzuterwcywolpxlt07x0iq1xcek8foyjnjohgm7nqoitgp3tarlwisx_vVdMjCZWUP_hum4dbj9hemtynzza2kgjzfjzy5d0psu8md2d7v5cs58awdqfmmfbgfuiykj.jpg)
डोटी, २७ माघ । जिल्लाको केआइसिंह गाउँपालिकामा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । केआइसिंह- ३ झिगाबस्तीस्थित बाजी भुलको दुईतले ढुुङ्गामाटोले बनेको घरमा खाना पकाउने क्रममा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीका कारण १० बोरा अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायत अन्दाजी रु दुई लाख ५० हजार बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भुलको आठ जनाको परिवारलाई अहिले आफन्तको घरमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई जानकारी दिए । आगलागीबाट मानवीय तथा पशुचौपाया क्षति नभएका भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको उउनले बताए ।
घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक कुलवीर बोहराको संयोजकत्वमा छ प्रहरीसहित स्थानीय परिचालन गरी आगो नियन्त्रण गरिएको प्रहरी नायब उपरीक्षक भट्टराई जानकारी दिए ।