सूर्यज्योति लाइफ ‘बेस्ट इनोभेसन्स लिड बाई टेक्नोलोजी एन्ड इन्स्योरटेक’ अवार्डबाट सम्मानित
![सूर्यज्योति लाइफ ‘बेस्ट इनोभेसन्स लिड बाई टेक्नोलोजी एन्ड इन्स्योरटेक’ अवार्डबाट सम्मानित](https://snowberry.prixacdn.net/media/gallery_folder/suryajyoti-awarded2025_UGpAb3aYj3_2mizpmqywkmsgi76sbxshf56a3o702geyb06gxk5bptcnj5cg5xodave4s8d_5NBxZ1rvgz_csc2z968dgi03nvbj9wsatdexptulbmtiqmtqjhuwog2yigpwx6etkeoszcj.jpeg)
काठमाडौं, २८ माघ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी इन्डियन चेम्बर अफ कमर्सद्वारा बैंककमा आयोजित ‘इमर्जिङ इन्स्योरेन्स अवार्ड’बाट सम्मानित भएको छ।
७ फेब्रुवरीमा सम्पन्न पाँचौँ संस्करणको अवार्ड समारोहमा सूर्यज्योति लाइफले ‘बेस्ट इनोभेसन्स लिड बाई टेक्नोलोजी एन्ड इन्सरटेक’ विधामा अवार्ड हासिल गरेको हो।
विश्वविख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लुसी, इन्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्स, अन्तर्राष्ट्रिय बिमाविज्ञलगायत थुप्रै प्रतिष्ठित संस्थाबाट स्वतन्त्र रूपमा मूल्यांकन गरी विभिन्न वित्तीय सूचांकमा उत्कृष्ट कार्यसम्पादनको आधारमा अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ।
उक्त अवार्ड सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले ग्रहण गरेका थिए। सो अवसरमा कम्पनीका सञ्चालक हेमन्त नहाटा, कर्मचारीद्वय निरञ्जन रेग्मी र गीता बस्नेतको पनि उपस्थिति थियो।
कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरेका सूर्यज्योति लाइफका सञ्चालक हेमन्त नहाटा प्यानल डिस्कसनमा वक्ताका रूपमा सहभागी थिए। नहाटाले सोही अवसरमा सूर्यज्योतिले अवलम्बन गरेको डिजिटल प्रविधिको रणनीति र हाल नेपालमा बिमा क्षेत्रको अवस्था र यसका चुनौतीमाथि प्रकाश पारेका थिए।
अध्यक्ष भट्टराईले कम्पनीले छोटो अवधिमै हरेक सूचांकमा उत्कृष्टता हसिल गर्दै आइरहेको भन्दै यो अन्तर्राष्ट्रियस्तरको अवार्ड हासिल गर्न खटिने सम्पूर्ण कर्मचारी र अभिकर्ताहरूको प्रमुख भूमिका रहेको बताए।