तनहुँमा प्रहरी कुट्ने चार युवा पक्राउ
![तनहुँमा प्रहरी कुट्ने चार युवा पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/arrest_ClyiKiPcjw_mLWqqg2aFD_wjjyrmquyb6hcxkzjrpyzfslelmawotutmydq19cepvvovnsfwvkojopceqz_F1XlGpQhcL_i60ljwrdo5gl6v5izrj05ni90jxyu8k84cwydlxh1vbzc5cljww0vecpk49p.jpg)
तनहुँ, २८ माघ । व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो ।
कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा व्यास-४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास-१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ ।
शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
उनीहरुविरुद्ध आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।