चाबहिलमा २२ वर्षीय युवकको हत्या, ३ जना पक्राउ
![चाबहिलमा २२ वर्षीय युवकको हत्या, ३ जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/Death-body-900px%2520(1)_Ocjzcf4iDR_8yqawtrxp7f9pupmuj0wnywqotclaivwvxkmj5ocjjb859yhb0dcqektqknt_o92LqzXtxS_juj9tqdux7ov1najpljsierbxzrajvjiwcebzakcmum7bhnc8d6an3mxg7ry.jpg)
काठमाडौँ, २८ माघ । काठमाडौँको चाबहिलस्थित कुमारीगालमा एक युवकको हत्या भएको छ ।
सोमबार बिहान दुई समूहबीच झगडा हुँदा काभ्रे घर भएका २२ वर्षीय अमृत कार्कीले ज्यान गुमाएका हुन् ।
छुरा हानेर उनको हत्या गरिएको प्रहरी वृत्त गौशालाले जनाएको छ। हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।