वन मन्त्रालयको नाम फेर्न माओवादी सांसद सापकोटाको प्रस्ताव
![वन मन्त्रालयको नाम फेर्न माओवादी सांसद सापकोटाको प्रस्ताव](https://snowberry.prixacdn.net/media/gallery_folder/Madhav-Sapkota-1024x683-1_D4DQnPhjAC_gjbsowiswmxpbipznmmfdq6akht36hhzfmogerbuh1vnwbb4cjv6qxcvjtr9_Rm9Qc5HzmU_d3ovn5eggzclwjjlvg89cd6wxffktdxfnzwtu9k1iwwuo6zns0fm76nwcbtf.jpg)
काठमाडौं २८ माघ । नेकपा एकीकृत माओवादीका सांसद माधव सापकोटाले वन तथा वातावरण मन्त्रालयको नाम फेर्न प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई प्रश्न सोध्ने क्रममा सांसद सापकोटाले मन्त्रालयको नाम फेर्न प्रस्ताव गरेका हुन् ।
‘रुपले सारको प्रतिनिधित्व गर्छ । वन तथा वातावरण मात्र यो मन्त्रालयको नाम छ । यसलाई परिवर्तन गरेर वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राखेर सोहीअनुसार काम गर्न ढिला भएन र मन्त्रीज्यू रु’ सांसद सापकोटाले प्रश्न गरे ।
जलवायु परिवर्तनको बढ्दो प्रभाव न्युनिकरणको निम्ति मन्त्रालयको ध्यान बढी केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
उनले जलवायु परिवर्तनको असर र प्रभावले बहुप्रकोपका संकट झेलिरहेको नेपाल सरकारले यसको सामना गर्न के योजना बनाएको छ भन्दै वनमन्त्रीसमक्ष प्रश्न गरे ।