शुक्रबार ०९ फागुन, २०८१

लगातार पाँचौं दिन ओरालो लाग्यो सेयर बजार

लगातार पाँचौं दिन ओरालो लाग्यो सेयर बजार

काठमाडौं, २८ माघ । सोमबार सेयर बजारको परिसूचक नेप्से १०.९८ अंकको गिरावट आएको छ । सो गिरावटपछि नेप्से २६७७ अंकमा कायम भएको छ । सोमबारसहित लगातार पाँचौं दिन बजार ओरालो  लागेको हो ।  बजार घट्दा कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ९६ करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने ६ को स्थिर रह्यो ।

दुई सेक्टर अन्य र व्यापार बढे । अन्य ०.२३ र व्यापार ०.१० प्रतिशत बढे । बैंकिङ ०.१७, विकास बैंक ०.२१, फाइनान्स १.२३, होटल तथा पर्यटन ०.१७, हाइड्रोपावर ०.७६, लगानी ०.४५, जीवन बीमा ०.६१, उत्पादन २.०७, माइक्रोफाइनान्स ०.२७ प्रतिशत घटे । निर्जीवन बीमा स्थिर रह्यो ।

न्यादी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै नेपाल रिपब्लिक मिडियाको ८.८४ तथा सप्तकोशी विकास बैंकको ६.४३ प्रतिशत मूल्य बढ्यो ।

बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । सुपर मादी हाइड्रोपावरको ८.२४, सामुदायिक लघुवित्तको ८.१०, अपर लोहोरेखोलाको ६.२५ प्रतिशत मूल्य घट्यो ।

नेपाल रिपब्लिक मिडिया, सीएचडीसी, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनी कारोबार रकमका आधारमा अगाडि देखिए ।