बिहीबार ०१ फागुन, २०८१

दलित अभियन्ता खगेन्द्र सुनार संसद छिर्न खोज्दा नियन्त्रणमा

दलित अभियन्ता खगेन्द्र सुनार संसद छिर्न खोज्दा नियन्त्रणमा

काठमाडौं, २८ माघ । संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन्

अन्तरजातीय विवाह गरेका सर्लाहीका सतेन्द्र राम र नेहा रौनियारको जोडीको न्याय माग्दै सोमबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वर प्रवेश गर्न खोज्दा पक्राउ परेका हुन् ।

उनलाई संसद भवन प्रवेश गर्न खोज्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

सुनार यसअघि ६ महिनाअघि गत साउन २९ गते पनि हात खुट्टामा नेल लगाएर माइतीघरबाट प्रदर्शन गर्दै संसद भवन प्रवेश गर्न खोजेका थिए । त्यतिबेला प्रहरी नियन्त्रणमा लिएर साँझ छोडेको थियो ।