बुधबार ३० माघ, २०८१

बढ्यो सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा

बढ्यो सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा

काठमाडौं, २८ माघ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २३ करोड १६ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा २१ करोड ९७ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद प्रिमियम आम्दानी पहिले २ अर्ब ६२ करोड रहेकोमा अहिले ३ अर्ब ११ करोड छ । प्रिमियम आम्दानीबाहेक लगानीबापतको आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले ७४ करोड रहेकोमा अहिले ७९ करोड छ ।

चुक्ता पूँजी केही बढ्दा नाफा बढे पनि प्रतिसेयर आम्दानी खुम्चिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा छ । प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ३८ पैसा छ भने बजार मूल्य हाल प्रतिकित्ता ४२९ रुपैयाँ छ ।