अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री कँडेल
![अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री कँडेल](https://snowberry.prixacdn.net/media/gallery_folder/HemantaKC-Surkhet-28IMG_03991copy-768x576_cNIgfTODcY_ynccbvuedd0vbt5nh2fg3bgy1hqiopxp53yqsn9ixit0ntgbfvdv5uzfxi5g_LDW0Dgn1LC_k313ep7jpa8onldbbr3c3xik1ikik7yxem9ewh8oafqbcbxgkempro2muq3r.jpg)
काँक्रेविहार (सुर्खेत), २८ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जम्मेवार बन्नुपर्ने बताएका छन् । दुःख दिने नियतले हालिएका उजुरीबारे अख्तियार सचेत हुनुपर्ने उनले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतद्वारा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री कँडेलले विकास निर्माण गर्दा आफूले पाए ठीक र अरुले पाए बेठीक भन्दै उजुरी दिने चलनको अन्त्य हुनुपर्ने बताए । विकास निर्माणका काममा सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्नेमा उनको जोड थियो ।
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले अख्तियारको भूमिका बदल्नुपर्ने बताए । अख्तियारले गरेका काम अदालतबाट उल्टिएका उल्लेख गर्दै उनले यि विषयमा छलफल हुनुपर्ने बताए ।
“समाजमा डरको आभास भएन त्यो समाज छाडा हुन्छ”, प्रदेश प्रमुख जोशीले भने । राज्यका नियमनकारी निकाय बलिया हुनुपर्नेमा उनको जोड थियो । रासस