नेपाल लाइफ इन्स्योरेन्सको २१.०५ प्रतिशत लाभांश पारित
काठमाडौं, २९ माघ । नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कम्पनीको सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा २०८१ माघ २८ गते सोमबार होटल भिष्वा, वीरगन्जमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन पारित गरेको छ।
यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू स्वीकृत गरेको छ।
यस्तै सभाले आव २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ।
साधारणसभाले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५ सय ५४ रुपैयाँको २१.०५ प्रतिशतले हुन आउने रकम १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९ सय ५९ रुपैयाँ लाभांशको रूपमा प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
जसमा १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर सहित) प्रदान गर्ने निर्णय भएको छ।