शनिबार १० फागुन, २०८१

कपिलवस्तु जिल्ला अदालतका तहसिलदार र कम्प्युटर अपरेटर भ्रष्टाचार मुद्दामा दाेषी ठहर

कपिलवस्तु जिल्ला अदालतका तहसिलदार र कम्प्युटर अपरेटर भ्रष्टाचार मुद्दामा दाेषी ठहर

काठमाडौं, २९ माघ । सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका  जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे विशेष अदालतबाट दोषी ठहर भएका छन् ।

विशेष अदालतले  मिश्रलाई दुई महिना र पाण्डेयलाई एक महिनाको कैद सजाय भएको छ । अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनीहरुले घुस मागेको र लिएको ठहर गरेको हो ।

उनीहरुले लिएको २० हजार रुपैंया बरामद भएको, घुस मागेको भिडियो र अडियो समेत मुद्दाका साथमा पेश भएको भन्दै विशेष अदालतले उनीहरुलाई १०/१० हजार रुपैंयाका दरले जरिवाना गर्ने आदेश गरेको हो ।

मिश्रले फैसला कार्यान्वयनका लागि आएका सेवाग्राहीको बण्डा मुचुल्का बदर गराउन घुस मागेका थिए ।

अख्तियारको टोलीले स्रेस्तेदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेयलाई घुस सहित पक्राउ गरेको थियो ।