शुक्रबार ०२ फागुन, २०८१

मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल हुँदै

मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल हुँदै

काठमाडौं, २९ माघ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेदेखि बसिरहेको छ ।  जहाँ मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश टेबुल गर्ने कार्यसूची छ ।

यो विधेयक सोमबार राष्ट्रिय सभाबाट पारित भएको थियो । मंगलबार नै प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश टेबुल गर्न लागिएको हो ।

सभामा सन्देश टेबुल भएपछि विधेयकमाथि छलफलको प्रक्रिया अगाडि बढ्नेछ ।

यसका अलावा प्रतिनिधि सभामा मंगलबार निकासी पैठारी नियमन विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सभाले अनुमति दिएको खण्डमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीले विधेयक प्रस्तुत गर्नेछन् ।