बिहीबार ०१ फागुन, २०८१

चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा २३ वर्षीय युवकको मृत्यु

चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा २३ वर्षीय युवकको मृत्यु

काठमाडौं, २९ माघ । चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा काठमाडौं महानगरपालिका–७ स्थित चाबहिलको कुमारीगालमा एक युवकले ज्यान गुमाएको खुलेको छ ।

गत आइतबार बिहानै झिसमिसेमा दुई समूहबीचको झडप हुँदा २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) अपिलराज बोहोराका अनुसार एउटा सानो मोबाइलको विषयमा झगडा हुँदा २३ वर्षीय युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।