बुधबार ३० माघ, २०८१

प्रतिनिधिसभाको बैठक अघि बढ्यो

प्रतिनिधिसभाको बैठक अघि बढ्यो

काठमाडौं, २९ माघ । प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ । विपक्षीहरूको लगातारको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटको लागि स्थगित गरेको बैठक एक घण्टा २५ मिनेटपछि सुरु भएको हो ।

‘आजै १५ मिनेटका लागि स्थगित भएको बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउँदछु । आजैको बैठकमा यसअघि सभाबाट भएको निर्देश बमोजिम छानबिन गरी निष्कर्षमा पुग्ने जानकारी गराउँदछु ।’ बैठकको प्रारम्भ गर्दै सभामुख घिमिरले भने ।

आकस्मिक र शून्य समय सकिएपछि सभामुखले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिइएपछि विपक्षी दलका सांसदले उनले बोलेका कुरा संसद्को रेकर्डबाट हटाउन माग राख्दै बैठक अवरुद्ध पारेका थिए ।