बुधबार ३० माघ, २०८१

सुनको गरगहना चोरी गर्ने तीन जना पक्राउ

सुनको गरगहना चोरी गर्ने तीन जना पक्राउ

काठमाडौँ, २९ माघ। सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले डल्लुबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-२९ घर भई हाल वसन्तपुर बस्ने ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेको पनौती-१ घर भई वसन्तपुर बस्ने कोमल बहादुर कार्की र भारतको कलकत्ता प्रदेश घर भएका ५८ वर्षीय जागिर मलिक रहेका छन् ।

उनीहरूले माघ २६ गते डल्लु बस्ने ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्ने दोलखाको फस्कु शैलुङ नगरपालिका–७ की सुनिता ठकुरीको डेराबाट सुनको गरगहना चोरी गरेको प्रहरीको आरोप छ ।

प्रहरीले उनीहरूको साथबाट सुनको नेक्लेस १ वटा, सुनको सिक्री १ वटा, सुनको औँठी १ वटा, गालेको सुन एक ढिका, सुनको तिलहरी १ वटा, सुनको कल्ली १ वटा, सुनको झुम्का १ वटा, सुनको मंगलसूत्र, सुनको मंगलसुत्रका टुक्रा ७ वटा र सुनको सिक्का १ वटा बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूमाथि प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।